विराटनगर–१० स्थित अरनिको आवासिय माध्यमिक विद्यालयले कक्षा १२ मा अध्ययनरत ८५० जना विद्यार्थीलाई शनिबार बिदाई गरेको छ ।
अरनिको आवासिय माध्यमिक विद्यालयको विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकाय तर्फ अध्ययनरत ८५० विद्यार्थीलाई बिदाई गरेको छ ।
कलेजका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, कार्यक्रम संयोजक विकास खनाल, संचालक उमेन्द्र विलास लुँईटेल र निलम अधिकारीले विद्यार्थीलाई मायाको चिनो प्रदान गरेर बिदाई गरे ।
अरनिको आवासिय माध्यमिक विद्यालयले वार्षिक क्यालेण्डर बमोजिम विभिन्न समयमा लिएको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई नगद सहित प्रमाण पत्र दिएर सम्मान गरेको छ । कलेजका अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी र कलेजका कार्यक्रम संयोजक विकास खनालले आन्तरिक परीक्षा तर्फ प्रथम, द्वतिय र तृतिय हुने विद्यार्थीलाई ५ हजार, ३ हजार र २ हजार नगद दिएर पुरस्कृत गरे ।
२०५६ सालमा स्थापना भएको अरनिको आवासिय माध्यमिक विद्यालय विज्ञान संकाय तर्फ उत्कृष्ट नतिजा ल्याउने कलेजको रुपमा चिनिन्छ ।