- चिरफार डटकम, विराटनगर ३४३ पटक हेरिएको
शुक्रबार, चैत्र २४, २०७९ समय : १४:०१:५४ , २ वर्ष अगाडि
विराटनगर महानगरपालिकाले भरपर्दो बैकल्पिक व्यवस्था नगरेसम्म नगर क्षेत्रको सडकमा एकतफी मोटरसाईकल पार्किङ गर्न सक्ने व्यवस्था गरेको छ । नो पार्किङको विषयलाई लिएर विराटनगर महानगरपालिका र व्यवसायी बिच द्वन्द चर्केएपछि दुवै पक्षले यस्तो विकल्पको खोजी गरेर निकास निकालेको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद कोइराला, महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष र कर्मचारी तथा उद्योगी व्यवसायी संघ संस्थाका पदाधिकारी बिच बिहीबार भएको छलफल पछि यस्तो निश्कर्ष निकालिएको हो । महानगरपालिकाले विराटनगर-९ स्थित पुरानो गुद्री बजारको ३ वटै खाली प्लटलाई व्यवस्थित पार्किङ स्थल बनाउने सहमती जुटेको छ ।
यतिखेरपनि पुरानो गुद्री बजारको खाली प्लटमा सवारी साधन पार्किङ भइरहेको छ । तर पार्किङ स्थल अस्तव्यस्त छ । खुद्रा व्यवासयी संघका संजयकुमार मण्डलले भनेः पुरानो गुद्री बजारको खाली प्लटमा कार, जिप, सिटी सफारी, मोटरासईकल, स्कुटी र साईकल एकैठाउँ पार्किङ गनुपर्ने अवस्था छ ।
अगाडी पार्किङ गरिएर राखिएको सवारी साधनको पछाडी अन्य सवारी साधन पार्किङ गरेर राख्ने गरेको छ । जसको कारण अगाडी पार्किङ गरेर राखिएको सवारी साधन निकाल्न पछाडीको सवारी साधन ननिकालुनजेल सम्म निस्कने अवस्था छैन ।
यस्तो अस्तव्यस्त रहेको विराटनगरको पार्किङ स्थल व्यवस्थित नभएसम्म मोटरसाईकल बजारको सडकमा एकतफी पार्किङ गरेर राख्ने सहमती जुटेको मण्डलले बताए । बैठकमा सहभागी मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले महानगरपालिकाले व्यवस्थित पार्किङ स्थलको व्यवस्था नगरेसम्म नगरक्षेत्रको सडकमा एक तफी सवारी साधन पार्किङ गर्नसक्ने सहमति जुटेको बताए ।
विराटनगर महानगरपालिकाले विराटनगर स्थित जैन भवन, आन्तरिक राजश्व कार्यालय विराटगनरको कम्पाउण्ड सवारी साधन पार्किङका लागि लिन सक्ने गरी छलफल चलाउको जानकारी गराएको छ । तर सरकारी कार्यालयको कम्पाउण्ड र सामाजिक संस्थाको कम्पाउण्ड पार्किङ स्थलको लागि भाडामा दिने की नदिने विषयमा सरोकारवाला निकायले कुनै निर्णय गरेको छैन ।
महानगरपालिकाले नगरक्षेत्रको भाडामा लिएको खाली जग्गालाई व्यवस्थित पार्किङ स्थल बनाउने तयारीमा जुटेको प्रमुख प्रशासकिय अधिकृत विष्णु कोइरालाले बताए ।