- चिरफार डटकम, विराटनगर ८४३ पटक हेरिएको
सोमबार, चैत्र २०, २०७९ समय : १८:१८:१६ , २ वर्ष अगाडि
यही चैत्र २५ गते शनिबार विराटनगरमा चौथो संस्करणको साइक्लोथोन प्रतियोगिता हुँदैछ । रोटरी क्लब अफ विराटनगर फ्यूजनले साइक्लोथोन प्रतियोगिताको आयोजना गर्न लागेको छ । रोटरी क्लब अफ विराटनगर फ्यूजनले सोमबार पत्रकार सम्मेलन गरेर साइक्लोथोन प्रतियोगिताको बारेमा जानकारी गराइएको हो । साइक्लोथोन प्रतियोगितामा गियर देखि नन्न गियर अर्थात सबै प्रकारको साइकल प्रयोग गर्न सकिने छ ।
क्लबका अध्यक्ष श्वेता तोदी पूर्वअध्यक्ष जयश्री जाजु, यूनेशराज श्रेष्ठ, क्लबका सचिव शिल्पा अग्रवाल लगायतका पदाधिकारी पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै विराटनगर स्थित आर्दश वालिका माध्यमिक विद्यालयको शौचालयको ढोका निर्माणदेखि विद्यालयको रंगरोगन गर्ने उद्देश्यका साथ साइक्लोथोन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।
क्लबका पूर्वअध्यक्ष महिला उद्यमी जयश्री जाजुले १६ बर्ष माथि उमेर समूहका ४०० भन्दा बढि पुरुष र महिलाले प्रतियोगितामा सहभागिता जनाउन पाउने जानकारी गराए । विराटनगर महानगरपालिका क्षेत्रको २० किलो मिटरको दुरीमा सहभागीले प्रतिस्पधी सँग प्रतिस्पर्धा गरेर विजेता बन्न पाउँने छ । सहभागीले पुरुष र महिलाको तर्फबाट प्रथम हुनेलाई ३०/३० हजार, दोस्रो हुनेलाई १५/१५ हजार र तेस्रो हुनेलाई १०/१० हजार रुपैया पुरस्कार प्रदान गर्नेछ ।
साइक्लोथोन दौडमा सहभागिता जनाउनेले १००० रुपैयाँ दर्ता शुल्क बुझाउँनु पर्ने आयोजकले व्यवस्था गरेको छ । ४०० सहभागिबाट १/१ हजारका दरले ४ लाख रुपैयाँ असुली हुने र ति रकम मध्येबाट विजेतालाई पुरस्कार वितरण गरेर बचेको रकम आदर्श बालिका विद्यालयको स्तर उन्नतीमा खर्च गर्ने पूर्वअध्यक्ष यूनेशराज श्रेष्ठले जानकारी गराए ।