पत्रकार यादवलाई रामपरी देवी पत्रकारिता पुरस्कार

  • चिरफार डटकम, विराटनगर १३३७  पटक हेरिएको

आइतबार, चैत्र १२, २०७९ समय : १३:४४:०४ , २ वर्ष अगाडि

नेपाल पत्रकार महासंघ कोसी प्रदेश समितिका दोस्रो कार्यकालका कार्यसमिति सदस्य एवं चिरफार डटकमका अध्यक्ष ब्रह्मदेव यादवलाई रापरी देवी पत्रकारिता पुरस्कार २०७९ प्रदान गरिएको छ ।

मैथिल सञ्चारकर्मी संघ, नेपालले शनिबार विराटनगरमा आयोजना गरेको वृहत सम्मान कार्यक्रममा पत्रकार यादवलाई ५,१५१ रुपैयाँ राशीको पत्रकारीता पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष बरिष्ठ पत्रकार धर्मेन्द्र झा, प्रतिनिधि सभाका सांसद योगेन्द्र मण्डल, जिल्ला समन्वय समिति मोरङका उपाध्यक्ष उषा झा, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेल, मैथिल संचारकर्मी संघ नेपालका अध्यक्ष पत्रकार नविन कर्ण, रामपरी देवी पत्रकारीता पुरस्कार स्थापना कर्ता राजेन्द्रप्रसाद साहले पत्रकार यादवलाई पत्रकारिता पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा २१,००० रुपैयाँ राशीको इन्द्र मिथिला गौरव सम्मान प्राज्ञ. धिरेन्द्र प्रेमर्षी, ११,१११ रुपैयाँ राशीको उज्जवल नक्षत्र पुरस्कार गायक रामा मण्डल, ७,१५१ रुपैयाँ राशीको रघुनाथप्रसाद गुप्ता, स्वतन्त्र सेनानी स्मृति पुरस्कार सहिद दिनदयाल मण्डलका परिवार र ५१५१ रुपैयाँ राशीको कौशिल्या–मूसहरु स्मृति पुरस्कार लेखिका एवं साहित्यकार कुमारी श्रेयालाई प्रदान गरिएको छ ।