- चिरफार डटकम, विराटनगर ४९८ पटक हेरिएको
मंगलबार, चैत्र ०७, २०७९ समय : १७:४७:४७ , २ वर्ष अगाडि
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कोशी प्रदेशका सांसद लोकप्रिय नेता अमृत अर्याललाई स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचमा ठुलो सफलता मिलेको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोशी प्रदेशका क्याम्पसमा नेपाल विद्यार्थी संघलाई सान्दार जित हासिल गराउन अर्याललाई बागडोर सुम्पिएका थिए । र अर्यालले खरो रुपमा मैदानमा उत्रिएर आफुले पाएको जिम्मेवारीलाई सफलताको बिन्दुमा पुर्याउन सफल भएका छन् ।
अर्यालले पाएको सफलतामा नेपाल विद्यार्थी संघका यूवा नेता तथा पार्टीका यूवा नेता कृष्ण कार्कीले भरपुर सहयोग गरेका छन् । कोशी प्रदेशका क्याम्पसहरुमा सान्दार जित निकाल्न अर्याल र कार्कीले ४ महिनाभन्दा बढि समयदेखि गरेको मेहनतकै कारण अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी संघले सोचेभन्दा बढि परिणाम ल्याउन सफल भएका छन् ।
कोशी प्रदेशको सबैभन्दा ठुलो र धेरै विद्यार्थी अध्यनरत रहेको विराटनगर स्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले सान्दार जित निकालेको छ । नेपाल विद्यार्थी संघका जल्दाबल्दा यूवा नेता जसवन्त पौडेलले एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र, जसपा नेपाल र जनमत पार्टीको गठबन्धन अखिल क्रान्तिकारीका उम्मेदवारलाई भारी मतको अन्तरले पराजित गर्दै सान्दार जित निकालेको छ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) र अनेरास्ववियुका उम्मेदवारलाई ६०० भन्दा बढि मतको अन्तरले पराजित गर्दै नेपाल विद्यार्थी संघका पौडेलले सान्दार जित निकालेको हो । यसको श्रेय कांगेस नेता अर्यालले पाएको छ । स्ववियुको निर्वाचन परिणामले कांग्रेस सभापति देउवा अर्याल प्रति मख्ख भएको छ ।