- ... १३९९ पटक हेरिएको
बिहिबार, पुष २१, २०७९ समय : १७:२०:५५ , २ वर्ष अगाडि
- ब्रह्ममदेव यादव, विराटनगर
विराटनगर महानगरपालिका आर्थिक वर्ष २०७९/०८० देखि विकास निर्माणको कार्यलाई अगाडी बढाउन राजश्व वृद्धि अभियान थालेको छ । २०७६ चैत्र ११ गतेदेखि नेपालमा लकडाउन सुरु भए यता विराटनगर महानगरपालिकालाई आर्थिक समस्या परेको छ । र आर्थिक समस्याको कारण महानगर क्षेत्रमा विकास निर्माणको कार्य सोचेअनुसार अगाडी बढ्न नसेपछि महानगरपालिकाका जनप्रतिनिधिहरू विकास निर्माणको कार्यलाई अगाडी बढाउन राजश्व वृद्धि अभियान थालेको छ ।
महानगरपालिकाले विहीबारदेखि व्यवसायी दर्ता, व्यवसायी कर, घर बहाल कर, सम्पत्ती कर सहित घर नक्शा पास छ की छैन भन्ने अभियान थालेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला उपमेयर शिल्पा निराला (कार्की) सहित विभिन्न वडाका जनप्रतिनिधि र कर्मचारीहरू राजश्व वृद्धि अभियानमा सहभागी भएका थिए । विहीबार साँझ ४ बजे विराटनगर महानगरपालिकाबाट निस्केको जनप्रतिनि, कर्मचारी र नगर रक्षकको टोली महानगरपालिकाको सयौं व्यवसायीक फर्म तथा पसलको अनुगमन गरेका थिए ।
मेयर नागेश कोइरालाले महानगरपालिकादेखि ट्राफिक चोकसम्म बाँया तर्फ र उपमेयर शिल्पा निराला (कार्की) ले दायाँ तर्फको व्यवसायीक फर्म र पसलहरूको अनुगमन गरेका थिए । मेयर कोइरालाले बिहीबार व्यवसायीक फर्म तथा पसलको अनुगमन गर्दा अधिकांश व्यवसायीक तथा साना पसलका संचालकहरू व्यवसाय दर्ता गरेपनि व्यवसायीक कर, घर बहाल कर, सम्पत्ती कर नतिरेको अनुगमनको क्रममा फेला परेको जानकारी गराए ।
चिरफार डटकम संग कुरा गर्दै मेयर कोइरालाले भने :- महानगर क्षेत्रमा घर नक्सा पास नै नगराइकन व्यवसायी गर्ने व्यवसायीक र्फम र पसलको संख्या धेरै देखिएको
छ । त्यस्ता व्यवसायीलाई अविलम्ब घरको नक्सा पास गराउन सचेत गराएको छु । व्यवसायीले अविलम्ब घरको नक्सा पास नगराए अर्को अनुगमनले व्यवसायी गर्न नदिने गरी कारवाही प्रक्रिया अगाडी बढाउने जानकारी गराए । महानगर क्षेत्रमा अर्काको घर, घरको सटर तथा पसल भाडामा लिएर व्यवसायी गर्ने तर घर बाहल कर नतिर्ने व्यवसायीको जमात बाक्लै रहेकोले उनिहरूलाई पनि घर बाहल कर तिर्न अल्टिमेटम दिएको मेयर कोइरालाले बताए ।
अनुगमन टोलीमा सहभागी विराटनगर वडा नं. ३ का अध्यक्ष बासुबहादुर बस्नेत, वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारी, वडा नं. ९ का अध्यक्ष विश्वनाथ भगत र वडा नं. १० का अध्यक्ष अर्जुन गिरीले व्यवसायीहरूलाई व्यवसायी दर्ता गरेर मात्रै कारोबार गर्न सचेत गराएका थिए ।
महानगरपालिकाका सरसफाइ शाखा प्रमुख पुनम दाहालले महानगरपालिका क्षेत्रका व्यवसायीहरूले फाल्ने गरेको फोहोरलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न र नगरे कारवाही हुन सक्ने गरी अनुगमन टोलीले जनचेताना मुलक सन्देश प्रवाह गरेको बताए ।
टोलीमा सहभागी महानगरपालिकाका सरसफाई संयोजक वडा नं. ३ का अध्यक्ष बासुबहादुर बस्नेतले महानगर क्षेत्रमा खैनी र गुट्का वितरणमा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठाएपनि महानगरका मेयर नागेश कोइरालाले महानगरपालिकाको बोर्ड बैठकबाट खैनी र गुट्कामा प्रतिबन्ध लगाउन निर्णय गरेर मात्रै व्यवसायीलाई खैनी र गुट्का वितरणमा प्रतिबन्ध लगाउने गरी सुझाव दिएका थिए ।