रानी नाकामा आकाशे पुल

  • चिरफार डटकम, विराटनगर २९५  पटक हेरिएको

मंगलबार, चैत्र ०७, २०७९ समय : १४:०६:४६ , २ वर्ष अगाडि

प्रदेश, स्थानीय सरकार र उद्योगी क्षेत्रको सहयोगमा विराटनगरको रानी नाकामा प्रवेशद्वार सहित आकोश पुल निर्माण हुने भएको छ । ८ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको प्रवेशद्वार र आकाशे पुलको मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गरेको छ ।

आकाशे पुल र प्रवेशद्वार निर्माणको लागि कोशी प्रदेश सरकारको ७० प्रतिशत, विराटनगर महानगरपालिकाको २० प्रतिशत, उद्योग संगठन मोरङको ५ प्रतिशत रकम लगानी हुनेछ । नेपाल भारतको सिमान्त क्षेत्र रानी नाकामा निर्माण हुन लागेको प्रवेशद्वार र आकाशे पुलको २ बर्षभित्रमा निर्माण कार्य सम्पन्न हुनेछ ।

प्रवेशद्वार तथा आकाशे पुल शिलान्यास समारोहमा भौतिक पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख रुद्धनारायण मिश्र, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरे लगायतका व्यक्तिहरुको सहमागिता रहेको थियो ।

भौतिक पूर्वाधार विकास कार्यालय विराटनगरले प्रवेशद्वार र आकाशे पुल निर्माणको लागि ह्याबीटयाट आशिसदीप जे.भी. निर्माण कम्पनीलाई ठेक्का दिएको छ ।