- चिरफार डटकम, विराटनगर २७८ पटक हेरिएको
सोमबार, चैत्र ०६, २०७९ समय : १५:३९:४९ , २ वर्ष अगाडि
नेपाल प्रहरीका कोसी प्रदेश प्रहरी प्रमुख श्यामलाल ज्ञवालीको एआईजीमा बढुवा भएको छ । ज्ञवाली डीआईजीको रुपमा २ महिना ८ दिन कोसी प्रदेश प्रहरी प्रमुखको रुपमा काम गरेर एआईजीमा बढुवा भएको हो ।
प्रहरी प्रधान कार्यालयको साइबर अपराध अनुसन्धान ब्यूरोमा दरवन्दी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा काजमा कार्यरत ज्ञवालीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन बमोजिम २०७९ पुस २८ गते कोसी प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा गरेको थियो ।
सरकारले ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सिफारीस गर्दा डीआईजी ज्ञवाली एआईजीमा बढुवा भएको हो । सरकारले डीआईजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राइर्, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।