चाँपागाई रिकोभरीङ नेपालको केन्द्रिय प्रतिनिधि

  • ... १०३५  पटक हेरिएको

बुधबार, पुष २०, २०७९ समय : १७:५४:०७ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चाँपागाई लागुऔषध उपचार र पुर्नस्थापनामा कार्यरत संस्था रिकोभरीङ नेपालको केन्द्रिय प्रतिनिधिमा चयन भएका छन् । रिचमण्ड फेलोसिप मोरङका अध्यक्ष चाँपागाईलाई अब रिकोभरीङ नेपालको केन्द्रिय अध्यक्ष हुने बाटो खुलेको छ ।

रिकोभरीङ नेपालको बुधबार विराटनगरमा सम्पन्न १ नं. प्रदेश स्तरिय साधारणसभाले चाँपागाईलाई सर्वसम्त रुपमा केन्द्रिय प्रतिनिधि चयन गरिएको हो । लागुऔषध उपचार र पुर्नस्थापना क्षेत्रमा कार्यरत १५ भन्दा बढी संघसंस्थाका पदाधिकारीहरु साधारणसभामा सहभागी थिए ।

प्रदेश नं. १ का मुख्य मन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, रिकोभरीङ नेपालका केन्द्रिय उपाध्यक्ष दिपक चाँपागाई र रिकोभरीङ नेपालका १ नं. प्रदेश अध्यक्ष सम्पुर्ण ताम्राकार साधारण सभामा अतिथिको रुपमा सहभागी थिए ।

साधारण सभाले चन्द्र बरालको अध्यक्षतामा १ नं. प्रदेश स्तरिय कार्यसमिति गठन गरेको छ । प्रत्येक प्रदेशबाट १/१ जना प्रतिनिधिलाई रिकोभरीङ नेपालको केन्द्रिय अधिवेशनमा पठाउने साधारण सभाले निर्णय गरे बमोजिम १ नं. प्रदेशबाट चाँपागाई केन्द्रिय प्रतिनिधि चयन भएको हो ।