- चिरफार डटकम, विराटनगर ४१५ पटक हेरिएको
बिहिबार, चैत्र ०२, २०७९ समय : १५:२९:३४ , २ वर्ष अगाडि
मोरङ जिल्लाको बुढीगंगामा औद्योगिक, कृषि तथा सहकारी महोत्सवमा हेलीमेली लेडिज सलुनले सेल्फी कर्नरको स्टल राखेको छ । हेलीमेली लेडिज सलुनका संचालिका निलम केसी अन्तर्राष्ट्रिय ब्यूटिसियन हुन् ।
दुबईदेखि नेपालसम्म ब्यूटिसियनको काम गरिसकेकी केसीले यतिखेर बुढीगंगा गाउँपालिकाको वडा नं. १ स्थित विराट टिचिङ्ग अस्पताल अगाडी हेलीमेली लेडिज सलुन मार्फत सेवा प्रवाह गरिरहेकी छिन् । हेलीमेली लेडिज सलुन गुणस्तरीय सेवा प्रवाहकालागि राम्रो, भरपर्दो पार्लर भएको र सबैले एक पटक सेवा लिनैपर्ने आग्रह गर्दै संचालिका केसीले महोत्सवमा सेल्फी कर्नर स्टल राखेर सलुनको प्रचार–प्रसारमा जुटेकी छिन् ।
बुढीगंगा गाउँपालिकाको वडा नं. ३ स्थित एशियन फ्यूल सेन्टरको उत्तरतर्फ संचालन भई रहेको महोत्सव चैत्र ६ गतेसम्म संचालनमा रहने छ । फागुन २६ गतेदेखि महोत्सव संचालनमा आएको हो । महोत्सव हेर्न आउँने बालबालिकादेखि जेष्ठ नागरिकसम्म हेलीमेली लेडिज सलुनको सेल्फी कर्नरमा फोटो खिचाउनेको भिड लाग्ने गरेको छ ।
२० बर्षभन्दा बढि समयदेखि ब्यूटिसियनको रुपमा पार्लर संचालन गरिरहेकी केसीले आफ्नो सलुनको गुणस्तरीय सेवा सुविधाको बारेमा प्रचार–प्रसार गर्ने उद्देश्यले बुढीगंगा औद्योगिक, कृषि तथा सहकारी महोत्सवमा सेल्फी कर्नरको स्टल राखेकी छिन् । जहाँ ब्यूटिसियन केसीसँग फोटो खिचाउन सर्वसाधारणको भिड लाग्ने गरेको छ ।
हेलीमेली लेडिज सलुनमा केराटिन, हाईलाइट, मेकअप, थ्रेडिङ्ग, हेयरस्टेट, नेलकेयर, फेसियल, वाक्सिङ, मेहेन्दी लगायतका सुविधाहरु उपलब्ध छ । बैवाहिक कार्यक्रमा बेहुली सिंग्रार्ने काम पनि भई रहेकोले सेवा प्रवाहको अवसर प्रदान गर्न केसीले महोत्सव मार्फत सर्वसाधारण सँग आग्रह गरेकी छिन् ।