- चिरफार डटकम, विराटनगर ३८१ पटक हेरिएको
बुधबार, चैत्र ०१, २०७९ समय : १८:५२:३८ , २ वर्ष अगाडि
धु्रर्वतारा स्पोटिङ क्लब झापा तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ । ट्राइबेकरमा सलहेस यूवा फुटबल क्लब सिरहालाई पराजित गर्दै धु्रर्वतारा स्पोटिङ क्लब झापा फाइनलको यात्रा तय गरेको हो । धु्रर्वतारा स्पोटिङ क्बल झापाका तर्फबाट निर्जल बोहरा, प्रविण राई, रोशन धिमाल, गौरव धिमाल र विक्रम राईले गोल गरेका थिए । सलहेस यूवा क्लब सिरहाका तर्फबाट रवि रखल, डेनियल, अमन लामा र विदेशी खेलाडी साङ्गोले गोल गरेका थिए । अर्का विदेशी खेलाडी यानिकले पेनाल्टी मिस गरेपछि सिरहाले हार बेहोरिएको थियो ।
निर्धारत ८० मिनेटको खेलमा दुवै टिमले समान २–२ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । झापाका तर्फबाट प्रविण राई र विक्रम राईले १–१ गोल गरेका थिए । प्रविणले २४औं र विक्रमले ३५औं मिनेटमा गोल गर्दै झापालाई २ गोलको अग्रता दिलाएका थिए । विदेशी खेलाडीले भरिएको सिरहाले मध्यान्तर पछि आक्रमक खेल पदर्शन गरेको थियो । सिरहाका तर्फबाट अमन लामा र यानिकले १–१ गोल गरेका थिए । अमनले ६०औं र यानिकले ७३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीको अवस्थामा पु¥याएको थियो । झापाका गोलकिप्पर आयुष लिम्बु खेलको म्यानअफ दि म्याच घोषित भए ।
विहीबार साविक विजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा र गाईघाट फुटबल क्लब उदयपुर बिच दोस्रो सेमिफाइनलका खेल हुनेछ । चैत्र ४ गते मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल खेलाइने छ । विराटनगर महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष सुर्यनारायण महतो, मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष विशाल केडिया, काग्रेस महिला नेत्री झुमा निरौलाले म्यानअफ दि म्याच घोषित लिम्बुलाई पुस्कार प्रदान गरेका थिए ।