- चिरफार डटकम, विराटनगर ४४७ पटक हेरिएको
बुधबार, चैत्र ०१, २०७९ समय : १८:५०:३७ , २ वर्ष अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक बर्ष २०७९/०८० को फागुन महिनामा १०४.११ प्रतिशतले राजश्व असुली गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत डा. डी.वी. क्षेत्रीले फागुन महिनामा ६० करोड ८९ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ६३ करोड ४० लाख रुपैयाँ राजश्व असुली भएको जानकारी गराए ।कार्यालयले आयकर तर्फ फागुन महिनामा लक्ष्यको तुलनामा १६७ प्रतिशतले बढि राजश्व असुली गरेको छ ।
कार्यालयले फागुनमा आयकर तर्फ १२ करोड ४६ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा २० करोड ७८ लाख रुपैयाँ राजश्व असुली गरेको छ । कार्यालयले फागुनमा मूल्य अभिवृद्धि कर तर्फ ९४.३१ प्रतिशतले राजश्व असुली गरेको छ । १९ करोड ४ लखा रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा १८ करोड रुपैयाँ राजश्व असुली भएको छ ।
कार्यालयले आर्थिक बर्ष २०७९/०८० मा १० अर्बभन्दा बढि रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएको छ । जसमध्ये कार्यालयले ८ महिना अर्थात फागुन महिनासम्ममा ४ अर्ब ६४ करोड रुपैयाँ राजश्व असुली गरेको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरले अन्तशुल्क, आय कर, मूल्य अभिवृद्धि कर, ब्याज कर, बहाल कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शिर्षकमा राजश्व असुली गर्ने अख्तियारी प्राप्त राजश्व निकाय हो ।