एक्कल ब्याजदर कायम गर्ने प्रधानमन्त्री दाहालको अस्वासन पछि मोरङ व्यापार संघको आन्दोलन स्थगन

  • ब्रह्ममदेव यादव, विराटनगर ४१७  पटक हेरिएको

मंगलबार, फाल्गुण ३०, २०७९ समय : २२:२७:२३ , २ वर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्कल ब्याजदर कायम गर्ने अस्वासन दिएपछि मंगलबारदेखि मोरङ व्यापार संघको आन्दोलन स्थगन भएको छ । चर्को बैंक ब्याजदर र नेपाल राष्ट्र बैंकको गलत नीति परिमार्जन गर्नुपर्ने माँग गर्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा फागुन २७ गतेदेखि देशभरीका उद्योगी व्यवसायी काठमाडौंमा चरणबद्ध आन्दोलनको शुभारम्भ गरेका थिए ।

मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकास वेगवानी, कार्यसमिति सदस्य गोपाल अग्रवाल, मनिस मारु र विनित सिंघानिया काठमाडौं पुगेर आन्दोलनलाई उचाईमा पुर्‍याउन अध्यक्ष रिजाललाई साथ दिईरहेका थिए । सोमबार काठमाडौंको बालुवाटार स्थित नेपाल राष्ट्र बैंकमा धर्ना दिएका उद्योगीले सरकार माथि व्यापक दवाव श्रृजना गरेका थिए ।

मंगलबार बैठक बसेर थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारीमा जुटेको बेला प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीको माँग सम्बोधन गर्ने ततपरता देखाएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डसँग आन्दोलनको संयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालसहित संघका पदाधिकारी र आन्दोलनकारी उद्योगी व्यवसायीले भेटघाट गरेर समस्याको जानकारी गराउँदै ज्ञापन पत्र बुझाएका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले एक्कल ब्याजदर कायम गर्ने अस्वासन दिएपछि आन्दोलन स्थगन गरिएको रिजालले बताए । मंगलबार साँझ चिरफार डटकम सँग कुरागर्दै अध्यक्ष रिजालले भने एक्कल ब्याजदर अर्थात १० प्रतिशतभन्दा बढि बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर नअसुल्ने प्रधानमन्त्री प्रचण्डको अस्वासन पछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छौं र अब बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदर बुझाउन नसक्दा उद्योगी व्यवसायी आत्महत्या गर्नुपर्ने अवस्थाको अन्त्य भएको रिजालले बताए ।