चैत्र ५ गते कोशी प्रदेश सभा घेराउ

  • चिरफार डटकम, विराटनगर २९८  पटक हेरिएको

आइतबार, फाल्गुण २८, २०७९ समय : १५:४८:२९ , २ वर्ष अगाडि

आदिवासी–जनजाति संघ संस्थासँग आबद्ध ३५ आन्दोलन घटकले चैत्र ५ गते कोशी प्रदेश सभा घेराउ गर्ने कार्यक्रम तय गरेको छ । कोशी प्रदेश खारेजीको माँग गर्दै चैत्र ५ गते विराटनगरस्थित कोशी प्रदेश सभा भवन घेराउ गर्ने व्यापाक तयारी भईरहेको किराँत राई यायोक्खाका केन्द्रिय महासचिव भिम राईले जानकारी गराए ।

पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने, जबसम्म पहिचानको आधारमा प्रदेशको नामाकरण हुँदैन तबसम्म आदिवासी–जनजातिसँग आबद्ध ३५ घटकले प्रदेश सभा अगाडी निरन्तर आन्दोलन जारी राख्ने महासचिव राईले बताए ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र पहिचानको सवालमा आदिवासी–जनजातिसँग सहकार्य गरेर अगाडी जाने बाचा गरेपनि अन्तिम समयमा यि ठुला दलले आदिवासी–जनजातिसँग अन्तरर्घात गर्दै धोका दिएको राईले बताए ।

किराँत याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, आदिवासी–जनजाति महासंघ, किराँत धर्मसाहित्यिक उत्थान केन्द्रले किराँत राई यायोक्खाको केन्द्रिय समितिसँग साँझा आन्दोलन गर्ने विषयमा सहकार्य गरेको महासचिव राईले बताए ।

आन्दोलित ३५ घटकले आज आइतबार कोशी प्रदेश बन्दको आवहान गरेको छ । यातायात, उद्योग, कलकारखाना, शिक्षण संस्था पुनः रुपमा बन्द भएको महासचिव राईले दाबी गरेको छ । तर प्रदेशको केही जिल्लामा बन्दको असर देखिएपनि केही जिल्लामा बन्दको खासै असर नपरेको आदिवासी–जनजाति सँग आबद्ध मोर्चाका नेताहरुले स्वीकार गरेको छ ।