- चिरफार डटकम, विराटनगर ८९१ पटक हेरिएको
शुक्रबार, फाल्गुण २६, २०७९ समय : १५:५६:३९ , २ वर्ष अगाडि
तेरापंथ महिला मंडल विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत सहायक ट्राफिक हवलदार जमुना बिष्टलाई प्रेरणा सम्मान प्रदान गरेको छ ।
११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तेरापंथ महिला मंडलले शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरको कार्यालयमै आयोजना गरेको कार्यक्रममा सहायक ट्राफिक हवलदार बिष्टलाई सुरक्षा अवार्ड अन्तर्गत प्रेरणा सम्मान प्रदान गरिएको हो ।
तेरापंथ महिला मंडलले कोभिड–१९ महामारीको बेला विराटनगर महानगरपालिकामा कार्यरत महिला स्वास्थ्य कर्मीहरुलाई सम्मान गरेका थिए ।
विराटनगर महानगर पालिका वडा नं. ९ का अध्यक्ष विश्वनाथ भगत (लालु), जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका बरिष्ठ प्रहरी नायक निरिक्षक यज्ञराज शर्मा, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका निवर्तमान राष्ट्रिय अध्यक्ष रचना राठी, तेरापंथ महिला मंडल विराटनगरका अध्यक्ष पुष्पा लौढा, जैन श्वेताम्बर तेरापंथी सभा न्यास मंडल विराटनगरका अध्यक्ष सुरेश कुमार नौलखा, तेरापंथ महिला मंडल विराटनगरका उपाध्यक्ष सन्तोष जैन र मिलन नौलखा, सचिव निमल लौढा, संगठन मन्त्री सुनिता बैद्य, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अनिता पेडिवाल, महिला मंडलका सल्लाहकार सरला सेठिया, तेरापंथ यूवक परिषद् विराटनगरका अध्यक्ष पंकज लुनियाँ, डा. नुतन नौलखाले सहायक ट्राफिक हवलदार बिष्टलाई प्रेरणा सम्मानबाट सम्मानीत गरे ।
कार्यक्रममा सहायक ट्राफिक हवलदार सीता ढुंगाना, चन्द्रकला बिष्ट र ट्राफिक प्रहरी जवान मनिता चेम्जोङलाई खादा ओढाएर सम्मान गरिएको थियो । तेरापंथ महिला मंडल विराटनगरले शुक्रबारदेखि जनावरको छालाबाट उत्पादन गरिएको कपडाजन्य पोशाकको विरोध गरेको छ । महिला मंडलले शुक्रबार नै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरबाट अभियानको शुभारम्भ गरेका छन् ।