खुल्ला दुधको मूल्य बढ्यो

  • चिरफार डटकम, विराटनगर ३६८  पटक हेरिएको

बुधबार, फाल्गुण २४, २०७९ समय : २१:३९:२८ , २ वर्ष अगाडि

बुधबारदेखि खुल्ला दुधको मूल्य प्रति लिटर ९५ रुपैयाँ पुगेको छ । यस अघि खुल्ला दुध प्रति लिटर ८५ रुपैयाँमा विक्री वितरण भईरहेको थियो ।

दुधको मूल्य सँगै खुल्ला दहीको मूल्य बढेर प्रति केजी १४० रुपैया पुगेको छ । पनिरको मूल्य प्रति केजी ८४० रुपैयाँ पुगेको छ । नैनी घ्यूको मूल्य प्रति केजी ९५० रुपैयाँ पुगेको छ ।

यस अघि खुल्ला नैनी घ्यू प्रति केजी ७ सय देखि ८ सय रुपैयाँसम्म विक्री भईरहेको थियो । एकैपटक खुल्ला नैनी घ्यूको मुल्य १५० रुपैयाँले वृद्धि भएको छ ।