पत्रकार सुवेदीलाई झिलकुमारी लुँइटेल पत्रकारीता पुरस्कार

  • चिरफार डटकम, विराटनगर ९३९  पटक हेरिएको

आइतबार, फाल्गुण २१, २०७९ समय : १७:१६:३८ , २ वर्ष अगाडि

पत्रकार विनोद सुवेदी झिलकुमारी लुँइटेल पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका छन् । नारदमुनी– पवित्रादेवी लुँइटेल, स्मृति कोषले आइतबार मोरङको ग्रामथान गाउपालिकाको वडा नं. २ झोराहाट स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा नागरिक दैनिकका विराटनगर समाचार दाता सुवेदीलाई रू. ११,१११ रुपैया राशी सहित प्रमाणपत्र पुरस्कृत गरेका छन् ।

कोशी प्रदेशका सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल र पत्रकारीता पुरस्कारका संस्थापक बरिष्ट पत्रकार शंकर लुँइटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे र नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्रपी अधिकारीले सुवेदीलाई पुरस्कार प्रदान गरे ।

कार्यक्रममा नारदमुनी–पवित्रादेवी लुँइटेल, स्मृति कोषबाट विद्यालयका ३ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । कोषको संस्थापक तथा विद्यालयका पूर्वशिक्षक छत्रपत्ति लुँइटेल, विद्यालयका प्रधानाध्यापक अशोककुमार लुँइटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सरदार, ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश चौधरी, वडा नं. २ का वडाध्याक्ष गोपाल न्यौपानेले जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए ।