एमालेका ४० मध्ये ३५ सांसद मन्त्रीका आकांक्षी

  • ... ८९६  पटक हेरिएको

सोमबार, पुष १८, २०७९ समय : १५:४७:२९ , २ वर्ष अगाडि

  • ब्रह्ममदेव यादव, विराटनगर

१ नं. प्रदेश सभाको सबैभन्दा ठुलो दल नेकपा एमालेका ४० मध्ये ३५ जना सांसद मन्त्रीका लागि आकांक्षी देखिएका छन् । समानुपातिक कोटामा सांसद बनेकी अङकृत नागरिक पनि मन्त्रीकालागि आंकाक्षी देखिएपछि नेकपा एमालेलाई जातिय समिकरण मिलाउन हम्मे हम्मे परेको छ । १ नं. प्रदेश प्रमुख पर्शुराम खापुङले पुस २४ गतेसम्म प्रदेश सभामा बहुमतको सरकार बनाउन दाबी पेश गर्न समय सिमा तोकेकोले एमाले सरकार बनाउन कसरतमा जुटेको छ । ९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपा नेपालका १ गरेर जम्मा ६० सांसदको बलमा एमालेले बहुमतको सरकार बनाउने गरी दाबी प्रस्तुत गर्न लागेको छ ।

प्रदेश सभामा नेपाली कांग्रेसका २९ र नेकपा एकिकृत समाजवादीका ४ सांसद छन् । कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने घोषणा गरिसकेका छन् भन्ने नेकपा एकिकृत समाजवादी सरकारमा जाने की नजाने विषयमा पत्ता खोलेको छैन । नेकपा एकिकृति समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सत्ता गठबन्धनले राष्ट्रपति बनाएको खण्डमा समाजवादी सरकारमा सहभागि हुन सक्छ । नत्र कांग्रेस संगै प्रतिपक्षमा बस्ने छ ।

प्रदेशमा बढिमा ११ सदस्य मन्त्री मण्डल गठन गर्ने तयारीमा सत्ता गठबन्धन जुटेको छ । प्रदेश सभामा सबैभन्दा ठुलो दल एमालेले मूख्य मन्त्री सहित बढिमा ५ वटा मन्त्रालय पाउने छन् । ४० सांसद मध्ये ३५ जना सांसदले मन्त्रीकालागि आकांक्षी देखिएपछि क–कसलाई मन्त्री बनाउने विषयमा एमालेको टाउको दुखेको छ । तर पनि एमालेले मुख्यमन्त्रीमा हिकमतकुमार कार्की, बुद्धिराज भण्डारी, रेवतीरमण भण्डारी, तिलकुमार म्याङ्वो, पाँचकर्ण राई र रामराणा मगरलाई मन्त्री बनाउने तयारी गरेको छ ।

मन्त्री बनााउन नसक्ने सांसदलाई सांसदिय समितिको जिम्मेवारी दिने गरी समिकरण मिलाउने कार्यमा जुटेको छ । एमाले संसदिय दलका नेता हिकमत कार्कीले प्रदेश सभामा एमाले ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने र मन्त्री बन्नकैलागि आंकाक्षीहरु धेरै देखिएकोले सबैलाई मिलाएर अगाडी बढ्ने बताए ।